हाम्रो चाहना सामुहिक अधिकारको स्थापना
Nepali नेपाली           Nepali  English

मिति :

Send us your feedback
Click here for Affordable, Cheap Web Design and Development
Make your contribution to save life and make bright future of distant children of Nepal
Find your suitable holiday operator
मत सर्वेक्षण
घले समाजको पहिलो प्रस्तुती स्वरुप यो अन्लाईन वेबसाईट कस्तो लाग्यो ?

ज्यादै राम्रो लाग्यो ।
ठिकै राम्रो लाग्यो ।
अझै सुधार गर्नुपर्ने ।
खासै राम्रो छैन ।

Vote View Result
Older Poll Results
समाचार
हिउँले किचिएको बार्पाक!
डा. माधव प्रसाद पोखरेल

गोर्खा जिल्लाको उत्तरपूर्वको हिमाली भेगमा पर्ने बार्पाक गाउँमा जाने सौभाग्य मैले आफैँले रोजेर पाएको होइन, तर त्यो गाउँको झझल्को मलाई कहिल्यै नमेटिने गरी आइरहन्छ । दरौँदी नदीको गड्तिरै गड्तिर धेरै समय लगाएर सम्म बाटो हिडेको, साँझ झमक्क परे पछि रोमन भी आकारको छिपछिपे बाटामा हिड्दा अजल्टिएर देब्रे हातले सिस्नो समाउन पुगेको, रैथानेहरूले एक-डेढ घण्टामा काट्ने उकालो पाँच घण्टा लगाएर काटेको, बार्पाक जाँदाको उकालो र फर्किँदाको ओरालामा बेग्ला बेग्लै किसिमले खुट्टामा कैँडा लागेको, झ्याल-ढोका नभएको बुइकलमा वास बसेको, हिमाली क्षेत्रका मान्छेलाई त हिउँ पनि किसिम किसिमको हुँदो रहेछ भन्ने चाल पाएको, घलेहरूको भाषालाई गुरुङहरूले घले नाम राख्न छेकेको, नेपाली भाषा मात्र जान्ने गुरुहरूलाई घले भाषा नसिकी विद्यार्थीलाई सिकाउन गारो परेको र भिक्टोरिया क्रसमा कीर्तिमान राख्ने जमदार गजे घलेको जन्मथलो पुगेको अनुभव सबै एकै चोटि गुट्मुटिएर आउँछन् बार्पाकको झझल्कासित ।

दुईतीन वर्ष अगाडि 'राष्ट्रिय भाषाहरू संरक्षण संस्था' नाम भएको संस्थाका प्रमुख एस के खालिङले मलाई घले भाषाको वर्ण निर्धारण गर्न बार्पाक जाने निम्तो दिए । म उनको साथ लागेँ । जाडो महिनै थियो । भालुस्वारा सम्म हामी बसमा जानु पर्ने थियो, तर सौभाग्यले हामी गएको दिन चाहिँ बस भालुस्वारा भन्दा पर चनौटे सम्म पुग्यो । त्यहाँबाट हामीले पैदल हिँड्नु पर्ने भएकाले बस अलिक पर पुगी दिएकाले हाम्रो बाटो केही छोटियो । चनौटेबाट हामी बालुवा भन्ने ठाउँ सम्म बास बस्न पुग्यौँ । 

बालुवा पुग्ने वेलामा साँझ झमक्क पर्‍यो । साँगुरो अङ्ग्रेजी भी आकारको बाटाबाट भरिया, खालिङजी र म हिँड्दै थियौँ । कुलाको पानी बगेर बाटो छिप्छिपे भएको थियो । वेला वेलामा भारी बोकेका खच्चडका लर्कालाई बाटो छोडी दिनु पर्थ्यो । एक्कासि अजल्टिएर म देब्रे हात भुइँमा टेक्न पुगेँ । अँध्यारो भए पनि हात अल्लो हो कि सिस्नामा परेछ भन्ने बुझ्न ढिलो भएन । सिस्नाले हात भत्भती पोले पछि के गर्ने भन्ने होसै रहेन । केटाकेटीमा सिस्नाले पोलेका वेलामा सिङान लगाउँदा बिसेक गर्छ भन्ने विश्वास थियो । अर्को केही औषधी आफूसित नभएकाले सिस्नाले पोलेका ठाउँमा मैले सिङानै लगाउने निर्णय गरेँ । सिस्नामा फर्मिक एसिड भन्ने अम्ल भएकाले त्यसले पोल्छ भन्ने मैले कतै पढेको थिएँ । कुनै कुनै चिल्ने कमिलाले पनि टोक्ता हाम्रो जिउमा फर्मिक एसिडले भत्भती पोल्छ अरे । कमिलाले चिलेका वेलामा पनि केटाकेटीमा हामी सिङान दल्थ्यौँ । सिङान चिप्लो हुन्छ । जुनसुकै चिप्लो कुरामा अल्काली हुन्छ अरे । यसरी अमिलो र खरानी मिसाए झैँ हुने रहेछ क्यारे सिस्नो वा कमिलाले चिलेका वेलामा सिङान दल्ने उपचारमा । जे भए पनि धरान छोडेर काठमाडौँ आए पछि मैले कमिलाले चिलेको वा सिस्नाले पोलेका वेलामा सिङान दल्ने मौका पाएको थिइन । तर केटाकेटी हुँदा जस्तो सस्तो सिङान अचेल हुँदो रहेनछ स् सिस्नाले पोलेका ठाउँमा मेरा नाकमा पुग्दो सिङानै आएन । केटाकेटी भए के गरिन्थ्यो कोनिस अहिले साथीसित सिङान सापट माग्न सकिन । पर्सि पल्ट सम्म हात झन्झनाई राखेको थियो ।
बालुवामा एउटा घले दम्पत्तिको लजमा बस्यौँ । त्यस लजका एकदुई ओटा चलन मलाई नेपालभरका लजवालाहरूले सिक्नु पर्ला जस्तो लाग्यो । लजमा जुत्ता बाहिरै खोल्नु पर्ने, लजका चप्पल साट्नु पर्ने र धारामा गोडा धुनु पर्ने चलन रहेछ। लजका सिरक सुकिला राखिएका रहेछन् । लज सञ्चालकहरूले यति कुरो नजान्नाले बाटो हिँड्दा धेरै पल्ट म अघिल्ला बटुवाका मोजा गनाउने सिरक ओढ्न बाध्य भएको छु । 

भोलि पल्ट हामी बार्पाक जाने नाक ठोक्किने ठाडो उकालो चढ्न थाल्यौँ । बाटो हिँड्दा भरियालाई हामी भेट्ता रहेनछौँ । सोलुखुम्बुमा जन्मेका खालिङजीलाई न बाटो हिँड्ने समस्या थियो, न उकालो चढ्ने । म चाहिँ धरान विजयपुरमा जन्मेको हुनाले र अलिकति बूढो पनि भएकाले होला भरियालाई भेट्न खालिङजी नसक्ने, खालिङजीलाई भेट्न म नसक्ने भए जस्तो मलाई लागी रहेको थियो । वास्तवमा खालिङजी मलाई साथ दिन विस्तारै हिँडी रहेका थिए । 
जुनसुकै उकालो चढ्दा मलाई सुरुमा चाहिँ धरान सिंहदेवी वा तीनधारेको उकालाको सम्झना आउँछ, तर बार्पाकको उकालो त बार्पाककै उकालो जस्तो थियो । म पन्ध्र वर्षको उमेरमा दाजुको बिहेमा ताप्लेजुङको सिमा भन्ने ठाउँमा गएको थिएँ। तेरथुम जाँदा तमोर खोलो तरे पछि झन्डै म्याङ्लुङ सम्मको ठाडो उकालो सती बयर फाँक्तै काटेको र टाकुरामा पुग्दा पानी नहालेको मोही खाएको बिर्सन सकिँदैन । खोटाङमा आफ्नै ससुराली जाँदा दूध कोसी र सावा खोलो वारिपारिको उकालो चढेको अनुभव जोड्दा पनि मेरो जीवनमा बार्पाकका उकालाको ठाडो पनलाई केहीले पनि उछिन्न सक्तैन ।

बार्पाकको भन्दा बेग्लै किसिमको ठाडो उकालो चढ्दाको अद्वितीय अनुभव मेरा जीवनमा मैले गुजरातमा गिर्नारको उकालो चढ्दा गरेको छु । गिर्नारमा दश हजार ओटा जति सिँढी चढ्दा र ओर्लिँदा खुट्टामा बेग्लाबेग्लै किसिमका कैँडा लागेर फत्र्याकफत्र्याक मैले बार्पाकको उकालोओरालो गर्दा पनि सम्झेँ ।

बार्पाकमा घाम लागेका वेलामा गुलियो न्यानो भयोस साँझबिहान र बादल लागेका वेलामा गुलियो शीतल भयोस राति मीठो जाडो भयोस पानी परेका वेलामा सिरक र आगो नछोडुँ जस्तो भयोस  हिउँ परेका वेलामा बाहिर निस्कुँ जस्तो भयो । झरीमा त्यति हिँडिएनस हिउँमा भने, डुलियोस हिउँ पग्लेर हिलो भएको बाटामा पनि अलिअलि हिँडियो । हिउँमा खुट्टा भासिँदा रमाइलो लाग्छ, तर छिटो हिँड्न सकिँदैन। म चीनमा हुँदा हिउँ परेका वेलामा सडकका पेटीमा हरेक पाइलामा जुत्ता रडकरडक भएको पनि र एकदिन त हिउँमै चिप्लेर लडेका वेलामा अरूले देखे कि भनेर पल्याकपुलुक हेरेको पनि बिर्सिन्न । बार्पाकमा पुगेका वेलामा चाहिँ हिउँ पनि किसिमकिसिमको हुँदो रहेछ भन्ने पहिलो पल्ट चाल पाएँ ।

भोलि पल्ट र पर्सि पल्ट गरेर घले भाषाको वर्ण माला बनाएँ । केलाएर हेर्दा घले भाषा तिब्बती भाषासित नजिकैको अनि तामाङ, गुरुङ, थकाली, मनाङे र छन्त्यालसित टाढाको साइनो लाग्ने भोटबर्मेली भाषा रहेछ । एउटै शब्दमा लागेको स्वरलाई रुद्र घण्टी तलमाथि सारेर उच्चारण गर्दा बेग्लाबेग्लै शब्द बन्ने भाषालाई तानल भाषा भन्दछन् । घले भाषा पनि तामाङ, गुरुङ, थकाली, मनाङे र काइके झैँ तानल भाषा रहेछ । त्यसमा कुनै कुनै ध्वनि त अचम्म लाग्ने रहेछन् । 
घले भाषा भन्दा पनि घले भाषाको सामाजिक समस्या भने डरलाग्दो रहेछ १ घले भाषा गोर्खा जिल्लाका बार्पाक, लाप्राक, गुम्दा, उइया, खोर्ला र इसिनाम भन्ने उत्तरपूर्वी भेगका गाउँहरूमा बोलिने रहेछ । गाउँकी एउटी स्कुल शिक्षकसित कुरा गर्दा के थाह भयो भने, नेपालीमा पढाएको केटाकेटी बुझ्दैनन् अरे अनि गुरुलाई पनि घले भाषा आएन भने, गुरुचेलामा संवादै हुँदैन अरे १
रमाइलो कुरो के रहेछ भने, गाउँका कामीदमाईँ पनि घले भाषा फरर्र बोल्दा रहेछन् । घले भाषा मातृभाषा हुनेमा घलेहरू भन्दा गुरुङहरू बढ्ता रहेछन् । त्यहाँका गुरुङले जानेको भाषै त्यही हो, त्यसैले त्यहाँका गुरुङले त्यो भाषालाई 'घले भाषा भन्ने नाउँ राख्नै दिँदा रहेनछन् । मैले लम्जुङ, स्याङ्जा, पर्वत र कास्कीको सिक्लेसका गुरुङहरूसित अन्तरक्रिया गरेर गुरुङ भाषाको वर्ण माला बनाइदिएको छु अनि गुरुङ भाषाका व्याकरणको रूपरेखा पनि तयार गरी दिएको छु । बार्पाकको घले भाषा अरू तिरको गुरुङ भाषा होइन र त्यो गुरुङ भाषाको भाषिका पनि नभएर छुट्टै भाषा हो । त्यो भेग बाहेक लम्जुङ जस्ता अरू तिरका घलेहरू पनि घले भाषा नबोलेर बोल्न जाने, गुरुङ भाषै बोल्छन् । यी परिबन्दले बार्पाकका घलेहरूलाई आफ्नो अस्मिता र चिनारी स्थापित गर्न सारै गारो परेको रहेछ ।

नचिनिने गरी हिउँले पूरै बार्पाक छोपिएको थियो । फुर्कामा हिउँ परेको भारी थाम्न नसकेर बाँस झ्याङमा बाँसका घनाहरू पडकपडक फुटी रहेका थिएस रुखका हाँगाहरू पडकपडक भाँचिएर खसी रहेका थिए । मलाई बार्पाकमा घले र घले भाषाको अस्मिता हिउँको भारी खप्न नसकेर पडक्क फुट्न आँटेको बाँस र रुखको फुर्को जस्तो लागी रहेको छ ।

अन्य समाचार
लिल फङ (घले समाज)को अन्लाईन वेबसाईट प्रकाशित लिल फङ (घले समाज)को अन्लाईन वेबसाईट प्रकाशित भएको छ । जसको डोमेन नाम www.ghale.org  रहेको छ । बिशेष गरि येस वेबसाईट मार्फत हामी बिगत तथा आगामी कर्यक्रमको बिवरण सहित त्यस सम्बन्धी समाचार , फोटोहरु , भिडियोहरु र अन्य सामाग्रीहरु प्रकाशित गर्नेछौ । साथसाथै समय अनुकुल रहेसम्म येस अन्लाईन वेबसाईट दिन दिनै अपडेट गर्ने पनि जानकारी गराउन चाहन्छौ । बिशेष गरि येस वेबसाईट मार्फत हामी बिगत तथा आगामी कर्यक्रमको बिवरण सहित त्यस सम्बन्धी समाचार , फोटोहरु , भिडियोहरु र अन्य सामाग्रीहरु प्रकाशित गर्नेछौ ।
विस्तृत ...

नेपाल सरकारलाई सुझाव - धन घले (UK)नेपाल एक बहुजातीय, बहुसांस्कृतिक तथा बहुभाषिक मुलुक हो तापनि लामो समयदेखि बसोबास गर्दै आएका आदिबासी, जनजाति भुमिपुत्रहरुमाथि सामन्ती एकात्मक शासन प्रणालीको माध्यमबाट चरम शोषण हुँदै आएको र्सवबिदितै छ । आदिबासी-जनजातिका भाषा, सँस्कृति, धर्म र आर्थिक आधारमाथि बाहुनवादीहरुको गठबन्धनमा निर्मित शाही सत्ताले दमन गर्दै आएको कारण अहिलेसम्म आइपुग्दा आदिबासी-जनजातिका भाषा, धर्म, संस्कृति र आर्थिक आधारहरु ध्वस्त हुन पुगेका छन् ।

विस्तृत ...

लिल फङ (घले समाज) युकेको वार्षिक भेटघाट सम्पन्न फार्नबरो/बेलायतभरीका आम लिंल (घले) समुदायको पहिलो वृहत भेला २०१० सेप्टेम्बर ५ का दिन सेन्टजोन एम्वुलेन्स एक्टीभिटी सेन्टर हल फार्नबरोमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको सुरुवातमा, "न्याय नपाए गोरखा जानु, गाउँ हेर्न नपाए बारपाक जानु" भन्ने उखानलाई सम्झी वीरहरुको पनि वीर गोरखा बारपाकमा घले राजाको सन्तान भीसी गजे घले आफ्नो वीरगति तक्मा बेलायती महारानीको मातहतबाट ग्रहण गर्दै गरेको फोटोमा जेष्ठ सदस्य दुतराम घलेबाट पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उदघाटन गर्नुभयो ।
फोटोहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्
विस्तृत ...

राष्ट्रिय जनगणना २०६८ अपिल नेपाल सरकारद्वारा गर्न लागियेको एघारौ राष्ट्रिय जनगणना २०६८ लाई मध्यनजर गरि लि:ल फङ (घले समाज)द्वारा सम्पुर्ण नेपाल अधिराज्य भरि छरियेर रहनु भएका घलेहरुमा एक अपिल जारी गरिएको छ ।

क्रिपया येस अपिल लाई ध्यानपुर्वक पढेर तपाईंको घर दैलोमा आउनु हुने राष्ट्रिय जनगणनाको टोलीलाई सोही अनुरुप जवाफ दिनुहोला र घले को पहिचान स्थापित गराउनको लागि सहयोग पुर्याउनुहोला ।
विस्तृत ...

लम्जुङ्ग भोटे ओडारमा घले समाज गठन ।

१९ पौष २०७१, “घले संरक्षण कोष परिवार” भोटे ओडार लम्जुङ्ग संस्था द्घारा ‘सम्पूर्ण घलेहरु एक होऔ, आफ्नो भाषा र संस्कृति जोगाऔं ।’ भन्ने नारा सहित  आयोजना गरिएको परिचयात्मक


विस्तृत ...

सम्पुर्ण घले जातिहरुको लागी खुशीको खबर,

मिति २०६५ साल चैत्र ५ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम डा. ओम गुरुङ्गको संयाजकत्वमा गठन भएको आदिवासी÷जनजाति सूची परिमार्जन उच्चस्तरिय कार्यदलले २५ वटा आदिवासी जाति, सूचीमा समावेश


विस्तृत ...

घले समुदायले आफ्नो नयाँ बर्ष भव्यताकासाथ मनाए ।

प्रत्येक साल माघ १ गतेका दिन घले आदिवासी जनजातिका समुदायले साँस्कृतिक पर्वको रुपमा मनाउदै आएका (लिः ल ल्होसर नयाँ बर्ष त ल्हो लाई बिदाई गर्दै लुक ल्हो (भेडा बर्ग) को.......................


विस्तृत ...

लिःल फङ (घले समाज) द्धारा आयोजित मानव अधिकारमुखि प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७१ साल माघ २४ गते शनिबारको दिन “लिःल फङको अभियान, घले जातिको स्वाभिमान“ को नारा सहित लिःल फङ (घले समाज) केन्द्रिय समितिद्धारा..................


विस्तृत ...

लिःल फङ् (घले समाज) को संयुक्त बैठक अन्तरत्रृmया कार्यक्रम् ।

२०७३ साल कार्तिक २७ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) को केन्द्रिय कार्य समितिका पदाधिकारीहरु साथै हरेक जिल्ला र गाउँ कार्य समितिका पदाधिकारीहरुबीच संयुक्त बैठक अन्तरक्रिया कार्यक्रम हुन गई रहेकोछ । कार्यक्रमको उद्येश्य जातिलाई आदिवासी जनजातिको 


विस्तृत ...

२०७३ साल कार्तिक २७ गतेको लिःल फङ (घले समाज) को एैतिहासिक कार्यक्रम घले जातिको पहिचान र उत्पत्तिको बारेमा एक दिने अन्तत्र्रिmया कार्यक्रम सफलताका साथ सम्पन्न भयो ।

यहि २०७३ साल कार्तिक २७ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) केन्द्रिय कार्यालयद्धारा आयोजना गरेको “घले जातिको पहिचान र उत्पत्तिको बारेमा एक दिने अन्तत्र्रिmया कार्यक्रम”..........


विस्तृत ...

घले जातिको इतिहासमै पहिलो पल्ट घले भाषामा गीत र भिजुअल छिट्टै तपाँई हामी सामु आउँदै ।।

बारपाक निवासी साथै लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समिति सदस्य चन्द्र घलेको आप्mनै स्वर र शब्दमा घले भाषामा युगल.............


विस्तृत ...

इतिहासमै घले जातीलाई महत्वपूर्ण उपलब्धी ।

हामी घले जातिको साझा संस्था लिःल फङ (घले समाज) ले विगत लामो समयदेखि चरणवद्ध रुपले गर्दै आएको बलिदानीपूर्ण आन्दोलनले 


विस्तृत ...