|
बिगत कार्यक्रमहरु
४ विभिन्न गाउँ, र जिल्लामा लिःल फङ (घले समाज) कार्य समिति गठन।। लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाण्डौको केन्द्रिय अध्यक्ष श्री दिनेश घलेज्युको नेतृत्वमा के. महासचिव श्री जित बहादुर घले, सचिव श्री मिन बहादुर घले, के. सदस्य सुश्री जगमाया घले, र के. सदस्य सुश्री शारदा घले समेत जम्मा ५ जनाको टोली साथै लिःल फङ (घले समाज) मकवानपुर अध्यक्ष श्री भरत घलेज्यु यहि २०७२ साल फागुन २४ गते भोटेओडार घले संरक्षण कोषका अध्यक्ष श्री वीरसिंह घलेज्युको निमन्त्रणामा सो स्थानमा गई घले सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरिएको थियो । सो प्रशिक्षण कार्यक्रममा लम्जुङ्ग जिल्लाका गाउँ गाउँबाट घले प्रतिनिधिहरुको उपस्थिति थियो । यसै गरि सोहि टोलि र थप घले संरक्षण कोषका अध्यक्षज्युको नेतृत्वमा घले संरक्षण कोषका उपाध्यक्ष श्री बुद्ध बहादुर घलेज्यु गरी जम्मा ८ जनाको टोली भिमनगर, चितवनमा प्रस्थान गरी घले सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरी लिःल फङ (घले समाज) भिमनगर पनि गठन गरिएको थियो । यसै गरी हामी घले जातिको लागी अतिनै महत्वपूर्ण ऐतिहासिक पुरातात्विक सामग्रीहरु पहिला घले राजाहरुले प्रयोग गरेका सामग्रीहरु अहिलेसम्म पनि सुरक्षित राखिएको गाउँ, मान्बु गा.वि.स, यार्सा गाउँ, र काशी गाउँ, गोरखामा लिःल फङ (घले समाज) कास्कीका सह सचिव श्री सुक बहादुर घलेको पहलमा लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाण्डौको केन्द्रिय अध्यक्ष श्री दिनेश घलेज्युको नेतृत्वमा के. बरिष्ठ उपाध्यक्ष श्री मेघ बहादुर घलेज्यु, के. सचिव श्री मिन बहादुर घले, र के. सदस्य श्री बल बहादुर घलेज्यु गई ती सामग्रीहरुको अवलोकन गरी घले सम्बन्धी एक दिने प्रशिक्षण भव्यताका साथ सम्पन्न गर्दै लिःल फङ (घले समाज) गाउँ कार्य समिति गठन गरिएकोछ । उक्त भ्रमण २०७२ चैत्र २२ देखि २६ गते सम्म जम्मा ५ दिनको रहेको थियो । अन्य बिगत कार्यक्रमहरु
प्रधानमन्त्रीलाई ज्ञापन पत्र अरु आदिबासी जनजातीहरु जस्तै हामी घले जातिको पनि छुट्टै हक अधिकार र पहिचान सहित विस्तृत ... Lila Phang (Ghale Samaj) UK Lhosar PartyOur representing committee’s telephone discussion has decided to hold a Ghale Lhosar ( the year of cat) Celebration party on Saturday, 15 January 2011 (1 Magh, 2067 BS), at the Abbey Community Hall, Queensbury Road, Alperton, Wembley HA0 1NL (near Sainsbury) from 1300 to 2200 hours. विस्तृत ... लिल फंग (घले समाज) ह्यो ल्होसर (बिरालो वर्ग) कार्यक्रम २०६७हामी लिल (घले) जातिको महानपर्व ल्हो सर -नयाँ वर्ष अर्थात हाम्रा पूर्वजहरुलाई स्मरण गरी मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने शुभदिन प्रत्येक वर्ष माघ १ गते पर्ने भएको हुनाले उक्त शुभअवसरमा स्वदेश तथा विदेशमा रहेका हाम्रा कुलकुटुम्ब, दाजूभाई, दिदीबहिनी, इष्टमित्र, नातागोताहरु विस्तृत ... भव्यताका साथ मनाइयो २०७३ साल बैशाष २६ गतेको छैठौं बृहत घले बनभोज तथा सम्मान कार्यक्रम । २०७३ साल बैशाष २६ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) केन्द्रिय कार्यालयद्धारा बालाजू बाइस धारा स्पट नं. २ मा आयोजित छैठौं विस्तृत ... |