|
बिगत कार्यक्रमहरु
भव्यताका साथ मनाइयो २०७३ साल बैशाष २६ गतेको छैठौं बृहत घले बनभोज तथा सम्मान कार्यक्रम ।
२०७३ साल बैशाष २६ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) केन्द्रिय कार्यालयद्धारा बालाजू बाइस धारा स्पट नं. २ मा आयोजित छैठौं बृहत घले बनभोज तथा सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको थियो । २०७३ माघ १ गते बाँदर बर्ग (प्र ल्हो) लाई बिदाई गर्दै चरा (च्य ल्हो) बर्गलाई स्वागत गर्ने घले जातीको महान पर्व ल्होसर (नयाँ बर्षं) घलेहरुको एैतिहासिक गाउँ बारपाकमा केन्द्रिय रुपमा मनाउनलाई पहल गर्नु भई आर्थिक सहायता साथै होसला प्रदान गर्नु भएका महानुभावहरु र कार्यक्रममा विभिन विधामा साँस्कृतिक कला प्रस्तुत गरि सहयोग गर्नुभएका राष्ट्रिय कलाकारज्यूहरुलाई कृतज्ञता प्रकट गर्दै सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेकोमा सो कार्यक्रममा समयको पावन्दीका कारण सो कार्यक्रममा सम्मान पत्र प्रदान गर्न असमर्थ भएको, तर सम्मान पत्र प्रदान गर्न यथाशिघ्र आवश्यक भएकोमा, स्रोतको कम्जोरीले गर्दा छुट्टै सम्मान पत्र प्रदान कार्यक्रम आयोजना गर्न असमर्थ भएकोले मितव्ययीता अपनाउन बनभोज कार्यक्रममै सम्मान पत्र प्रदान गर्ने केन्द्रिय बैठकको निर्णय अनुरुप सम्मान कार्यक्रम पनि राखिएको थियो । विगतका बनभोज कार्यक्रमहरुमा २०० देखि ३५० जना सम्म मात्र सहभागिता भएकोमा यस बर्ष ल्होसर कार्यक्रमको सफलतालाई मध्यनजर गर्दा धेरै जनाको सहभागिताको अपेक्षा गरेकोमा कार्यक्रम भन्दा अगाडी २ पटकसम्म बिक्रि भएको टिकट जम्मा गर्दा पनि जम्मा २०८ वटा मात्र बिक्रि भएको र सबैले कार्यक्रम स्थलमै आएर टिकट काट्ने सान्त्वना पाएको कुरालाई मध्यनजर गरि जम्मा ५०० जनाको अन्दाज गरी बनभोज व्यवस्था गरेकोमा अचम्मको कुरा सो दिनमा झण्डै १२०० जनाको सहभागिताले माहोल तातेको थियो भने व्यवस्थापन पक्षको बिजोग भइ खाना अन्तिममा अलिकति चामल र दाल मात्र पाइएको थियो । यद्यपी, सहभागी घले दाजुभाई दिदी बहिनीहरुले खानाको लागी कुनै पनि गुनासो गरेको अहिलेसम्म सुन्नमा नआउँदा बनभोज कार्यक्रममा सहभागी सम्पूर्ण घले दाजुभाई र दिदी बहिनीहरुप्रति हामी केन्द्रलाई बुझिदिनु भएकोमा बनभोज कार्यक्रम मूल आयोजक समिति आभार व्यक्त गर्दै आगामी बर्षहरुमा गल्ती नदाहोर्याउने बचन दिंदछौ । होज्यू ।
अन्य बिगत कार्यक्रमहरु
प्रधानमन्त्रीलाई ज्ञापन पत्र अरु आदिबासी जनजातीहरु जस्तै हामी घले जातिको पनि छुट्टै हक अधिकार र पहिचान सहित विस्तृत ... Lila Phang (Ghale Samaj) UK Lhosar PartyOur representing committee’s telephone discussion has decided to hold a Ghale Lhosar ( the year of cat) Celebration party on Saturday, 15 January 2011 (1 Magh, 2067 BS), at the Abbey Community Hall, Queensbury Road, Alperton, Wembley HA0 1NL (near Sainsbury) from 1300 to 2200 hours. विस्तृत ... लिल फंग (घले समाज) ह्यो ल्होसर (बिरालो वर्ग) कार्यक्रम २०६७हामी लिल (घले) जातिको महानपर्व ल्हो सर -नयाँ वर्ष अर्थात हाम्रा पूर्वजहरुलाई स्मरण गरी मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने शुभदिन प्रत्येक वर्ष माघ १ गते पर्ने भएको हुनाले उक्त शुभअवसरमा स्वदेश तथा विदेशमा रहेका हाम्रा कुलकुटुम्ब, दाजूभाई, दिदीबहिनी, इष्टमित्र, नातागोताहरु विस्तृत ... ४ विभिन्न गाउँ, र जिल्लामा लिःल फङ (घले समाज) कार्य समिति गठन।। लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाण्डौको केन्द्रिय अध्यक्ष श्री दिनेश घलेज्युको नेतृत्वमा के. महासचिव श्री जित बहादुर घले, सचिव श्री मिन बहादुर घले, के. सदस्य सुश्री जगमाया घले, र के. सदस्य सुश्री शारदा घले समेत जम्मा ५ विस्तृत ... |