हाम्रो चाहना सामुहिक अधिकारको स्थापना
Nepali नेपाली           Nepali  English

मिति :

Send us your feedback
Click here for Affordable, Cheap Web Design and Development
Make your contribution to save life and make bright future of distant children of Nepal
Find your suitable holiday operator
मत सर्वेक्षण
घले समाजको पहिलो प्रस्तुती स्वरुप यो अन्लाईन वेबसाईट कस्तो लाग्यो ?

ज्यादै राम्रो लाग्यो ।
ठिकै राम्रो लाग्यो ।
अझै सुधार गर्नुपर्ने ।
खासै राम्रो छैन ।

Vote View Result
Older Poll Results
उदेश्यहरु
यस संस्था लिल फङ (घले समाज) को उद्देश्य देहायबमोजिम रहनेछ ।
क) यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुने छ ।
ख) देशभित्र तथा संसारभरी स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने लिल (घले)हरुको तथ्याङक संकलन गरी अभिलेख राख्ने ।
ग) लिल फंङको भाषा, संस्कृतिको विकास गरी यसको संरक्षण, सम्बद्र्धन गर्दै बढीभन्दा बढी व्यवहारमा प्रयौग गर्ने गराउने ।
घ) लिल फंङ हक, अधिकारको निम्न आफ्नो छुट्टै पहचानको कानूनी मान्यता दिलाउन आवश्यक कार्य गर्ने ।
ङ) लिल फंङको जातीयगत पहिचान सहितको आफ्नो संस्कार, संस्कृति, परम्परागत रितीरिवाज र मानयताहरुको संरक्षण, सम्बद्र्धन, गर्ने गराउने ।
च) लिलहरुको आर्थिक, सांस्कृतिक, धार्मिक, वौद्धिक, प्राविधिक, एवं कानून तथा न्यायिक विषयहरुको स्तर उकास्न बिभिन्न रुपमा प्रयास गर्न ।
छ) लिल जातिको भाषाको विकासको लागि बढीभन्दा बढी अध्ययन अध्यापनमा जोड दिने र आवश्यक पाठयपुस्तक लगायत सामाग्रीहरुको प्रकाशन गर्ने ।
ज) समग्र लिल जातिलाई जातीयगत एकताको सूत्रमा बाध्न सर्वमान्य सिद्धान्तहरुको अवलम्बन गर्दे समन्वयकारी भूमिका निर्वाह गर्ने ।
झ) लिल जातिको समुदायलाई समेटन प्रत्येक क्षेत्रमा आ-आफ्नै छुट्टाछुटै क्षेत्र, जिल्ला  र गाउ समितिहरुको गठन गरी त्यसलाई स्वतन्त्र एवं पद्धतीगत ढंगले यस लिल फंङको मातहातमा रहने गरी संचालन गर्ने गराउने ।
ञ) यस जातिको समुदायलाई मानवअधिकार, संवैधानिक हक, कानूनी अधिकार र अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, संयू्क्त राष्ट्रसंघको घोषणपत्रलगायतका विषयहरुमा आवश्यक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न विभिन्न गोष्ठी, सेमिनार, अन्तरक्रिय र छलफल गर्ने ।
ट) नेपालका आदिवासी-जनजातिहरुको संघ-संस्था, व्यक्ति-व्यक्तित्वहरु र अन्य संघ-संस्थाहरुसंग पारस्परिक सदभाव कायम गर्ने ।
ठ) स्वदेशी तथा विदेश आदिवासी-जनजातिहरुको जातीय उत्थानमा क्रियाशील संघ-संस्थाहरुबीच संस्थागत सम्पर्कको विकास गरी सहयोगको आदान प्रदान गर्ने ।
ड) वातवरणीय प्रदुषण नियन्त्रणका लागि आवश्यक स्वथ्य एवं शिक्षामूलक कार्यक्रमहरु सचालन गर्ने ।
ढ) भूमि तथा प्रकृतिक स्रोत साधन माथिको हक अधिकारमा पहुच पुर्याउन सचेत एवं जागरुक बनाउने ।
ण) केन्द्रिय कार्यसमितिको मातहतमा रहने गरी आवशयकीय विभागहरु स्थापना गर्ने ।
त) लिल जातिको आधारभूमीको निर्क्योल गरी त्यस भित्ररहेका ऐतिहासिक, पुरातात्विक विषयहरुको अध्ययन अनुशान्धान एवं संरक्षण गर्ने ।
थ) लिल फंङको उत्थानका निम्ति विदेशमा समेत सम्पर्क कार्यलय खौल्ने ।
द) उर्जा तथा जैविक विविधताको संरक्षण हुने खालका कार्यक्रमहरु संचालन गर्ने ।

संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु
क) संस्थाले प्रचलित नेपाल कानूनबमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र आफ्नो उद्देश्यहरु कार्यन्वयन गर्ने ।
ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन, टाइपराइटर, फ्याक्सजस्ता कार्यलय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्ने ।
ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा शर्तहरु निर्धारण गर्ने छ ।
घ) उद्देश्य प्राप्तिका लागि राष्ट्रिय अन्तर्राष्ट्रय सरकारी तथा गैरसरकारी संघ-संस्थासंग समन्वय गर्ने कार्यक्रम सञ्चालन, गर्ने र सरिक हुने ।
ङ) उद्देशय अनुरुपका विभिन्न सामग्रीहरु प्रकाशित गर्ने ।
च) विभिन्न आवशयक विभागहरु त्था विषय-विषयका समिति र उपसमितिहरु गठन गरी उद्देश्यबमोजिमको कार्य गरिनेछ ।
छ) संस्थाको उद्देश्य पूरा गर्न आवश्यक पर्ने अन्य सम्पूर्ण कार्य गर्ने ।