हाम्रो चाहना सामुहिक अधिकारको स्थापना
Nepali नेपाली           Nepali  English

मिति :

Send us your feedback
Click here for Affordable, Cheap Web Design and Development
Make your contribution to save life and make bright future of distant children of Nepal
Find your suitable holiday operator
मत सर्वेक्षण
घले समाजको पहिलो प्रस्तुती स्वरुप यो अन्लाईन वेबसाईट कस्तो लाग्यो ?

ज्यादै राम्रो लाग्यो ।
ठिकै राम्रो लाग्यो ।
अझै सुधार गर्नुपर्ने ।
खासै राम्रो छैन ।

Vote View Result
Older Poll Results
समाचार
लिःल फङ् (घले समाज) को संयुक्त बैठक अन्तरत्रृmया कार्यक्रम् ।

२०७३ साल कार्तिक २७ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) को केन्द्रिय कार्य समितिका पदाधिकारीहरु साथै हरेक जिल्ला र गाउँ कार्य समितिका पदाधिकारीहरुबीच संयुक्त बैठक अन्तरक्रिया कार्यक्रम हुन गई रहेकोछ । कार्यक्रमको उद्येश्य जातिलाई आदिवासी जनजातिको सुचिमा समावेश गराउने एक मात्र अटल उद्येश्यका साथ जन्म भएको लिःल फङ (घले समाज) ले उद्येश्य प्राप्तिको लागी संघर्षको क्रममा विभिन्न रोहअवरोहहरु पार गर्दै देशको धेरै जिल्ला र गाउँहरु मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उद्येश्यबारे सजग र जागरुक गराउदै संगठन विस्तार गरि सकेको अवस्थामा देशको वर्तमान परिस्थीति विशेषत् संघीय संविधान निर्माण र कार्यन्वयणको संघारमा रहेको बेला गाउँ, जिल्ला र प्रवास कार्य समितिका घले पदाधिकारीहरुका विच एकापासमा चिनजान गर्ने, घले जातिको पहिचान, उनीहरुको मानवाधिकार सम्बन्धी विषयहरुमा चेतना अभिवृद्धि गराउने र अहिलेसम्मको केन्द्रको काममा देखिएका त्रुटिहरुलाई इंगित गर्न र विभिन्न कार्य समितिहरुले अहिलेसम्म सामना गर्नु परेका समस्या र कठिनाईहरुलाई टेबलसामु राख्न र के कति जिम्मेवारी कहाँ र कतिसम्म हुनु पर्ने विषयहरुलाई समेटी छलफल गर्न रहेकोछ । कार्यक्रममा घले व्यवस्थापिका सांसदहरु माननीय श्री धन बहादुर घलेज्यू, माननीय श्री जमिन्द्रमान घलेज्यू, र माननीय श्री लाल बहादुर घलेज्यूहरुको पनि सहभागिता हुनेछ ।


अन्य समाचार
लिल फङ (घले समाज)को अन्लाईन वेबसाईट प्रकाशित लिल फङ (घले समाज)को अन्लाईन वेबसाईट प्रकाशित भएको छ । जसको डोमेन नाम www.ghale.org  रहेको छ । बिशेष गरि येस वेबसाईट मार्फत हामी बिगत तथा आगामी कर्यक्रमको बिवरण सहित त्यस सम्बन्धी समाचार , फोटोहरु , भिडियोहरु र अन्य सामाग्रीहरु प्रकाशित गर्नेछौ । साथसाथै समय अनुकुल रहेसम्म येस अन्लाईन वेबसाईट दिन दिनै अपडेट गर्ने पनि जानकारी गराउन चाहन्छौ । बिशेष गरि येस वेबसाईट मार्फत हामी बिगत तथा आगामी कर्यक्रमको बिवरण सहित त्यस सम्बन्धी समाचार , फोटोहरु , भिडियोहरु र अन्य सामाग्रीहरु प्रकाशित गर्नेछौ ।
विस्तृत ...

नेपाल सरकारलाई सुझाव - धन घले (UK)नेपाल एक बहुजातीय, बहुसांस्कृतिक तथा बहुभाषिक मुलुक हो तापनि लामो समयदेखि बसोबास गर्दै आएका आदिबासी, जनजाति भुमिपुत्रहरुमाथि सामन्ती एकात्मक शासन प्रणालीको माध्यमबाट चरम शोषण हुँदै आएको र्सवबिदितै छ । आदिबासी-जनजातिका भाषा, सँस्कृति, धर्म र आर्थिक आधारमाथि बाहुनवादीहरुको गठबन्धनमा निर्मित शाही सत्ताले दमन गर्दै आएको कारण अहिलेसम्म आइपुग्दा आदिबासी-जनजातिका भाषा, धर्म, संस्कृति र आर्थिक आधारहरु ध्वस्त हुन पुगेका छन् ।

विस्तृत ...

लिल फङ (घले समाज) युकेको वार्षिक भेटघाट सम्पन्न फार्नबरो/बेलायतभरीका आम लिंल (घले) समुदायको पहिलो वृहत भेला २०१० सेप्टेम्बर ५ का दिन सेन्टजोन एम्वुलेन्स एक्टीभिटी सेन्टर हल फार्नबरोमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको सुरुवातमा, "न्याय नपाए गोरखा जानु, गाउँ हेर्न नपाए बारपाक जानु" भन्ने उखानलाई सम्झी वीरहरुको पनि वीर गोरखा बारपाकमा घले राजाको सन्तान भीसी गजे घले आफ्नो वीरगति तक्मा बेलायती महारानीको मातहतबाट ग्रहण गर्दै गरेको फोटोमा जेष्ठ सदस्य दुतराम घलेबाट पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उदघाटन गर्नुभयो ।
फोटोहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्
विस्तृत ...

राष्ट्रिय जनगणना २०६८ अपिल नेपाल सरकारद्वारा गर्न लागियेको एघारौ राष्ट्रिय जनगणना २०६८ लाई मध्यनजर गरि लि:ल फङ (घले समाज)द्वारा सम्पुर्ण नेपाल अधिराज्य भरि छरियेर रहनु भएका घलेहरुमा एक अपिल जारी गरिएको छ ।

क्रिपया येस अपिल लाई ध्यानपुर्वक पढेर तपाईंको घर दैलोमा आउनु हुने राष्ट्रिय जनगणनाको टोलीलाई सोही अनुरुप जवाफ दिनुहोला र घले को पहिचान स्थापित गराउनको लागि सहयोग पुर्याउनुहोला ।
विस्तृत ...

हिउँले किचिएको बार्पाक! दुईतीन वर्ष अगाडि 'राष्ट्रिय भाषाहरू संरक्षण संस्था' नाम भएको संस्थाका प्रमुख एस के खालिङले मलाई घले भाषाको वर्ण निर्धारण गर्न बार्पाक जाने निम्तो दिए । म उनको साथ लागेँ । जाडो महिनै थियो । Dr Madhav P Pokharelभालुस्वारा सम्म हामी बसमा जानु पर्ने थियो, तर सौभाग्यले हामी गएको दिन चाहिँ बस भालुस्वारा भन्दा पर चनौटे सम्म पुग्यो । त्यहाँबाट हामीले पैदल हिँड्नु पर्ने भएकाले बस अलिक पर पुगी दिएकाले हाम्रो बाटो केही छोटियो । चनौटेबाट हामी बालुवा भन्ने ठाउँ सम्म बास बस्न पुग्यौँ । 
विस्तृत ...

लम्जुङ्ग भोटे ओडारमा घले समाज गठन ।

१९ पौष २०७१, “घले संरक्षण कोष परिवार” भोटे ओडार लम्जुङ्ग संस्था द्घारा ‘सम्पूर्ण घलेहरु एक होऔ, आफ्नो भाषा र संस्कृति जोगाऔं ।’ भन्ने नारा सहित  आयोजना गरिएको परिचयात्मक


विस्तृत ...

सम्पुर्ण घले जातिहरुको लागी खुशीको खबर,

मिति २०६५ साल चैत्र ५ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम डा. ओम गुरुङ्गको संयाजकत्वमा गठन भएको आदिवासी÷जनजाति सूची परिमार्जन उच्चस्तरिय कार्यदलले २५ वटा आदिवासी जाति, सूचीमा समावेश


विस्तृत ...

घले समुदायले आफ्नो नयाँ बर्ष भव्यताकासाथ मनाए ।

प्रत्येक साल माघ १ गतेका दिन घले आदिवासी जनजातिका समुदायले साँस्कृतिक पर्वको रुपमा मनाउदै आएका (लिः ल ल्होसर नयाँ बर्ष त ल्हो लाई बिदाई गर्दै लुक ल्हो (भेडा बर्ग) को.......................


विस्तृत ...

लिःल फङ (घले समाज) द्धारा आयोजित मानव अधिकारमुखि प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७१ साल माघ २४ गते शनिबारको दिन “लिःल फङको अभियान, घले जातिको स्वाभिमान“ को नारा सहित लिःल फङ (घले समाज) केन्द्रिय समितिद्धारा..................


विस्तृत ...

२०७३ साल कार्तिक २७ गतेको लिःल फङ (घले समाज) को एैतिहासिक कार्यक्रम “घले जातिको पहिचान र उत्पत्तिको बारेमा एक दिने अन्तत्र्रिmया कार्यक्रम” सफलताका साथ सम्पन्न भयो ।

यहि २०७३ साल कार्तिक २७ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) केन्द्रिय कार्यालयद्धारा आयोजना गरेको “घले जातिको पहिचान र उत्पत्तिको बारेमा एक दिने अन्तत्र्रिmया कार्यक्रम”..........


विस्तृत ...

घले जातिको इतिहासमै पहिलो पल्ट घले भाषामा गीत र भिजुअल छिट्टै तपाँई हामी सामु आउँदै ।।

बारपाक निवासी साथै लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समिति सदस्य चन्द्र घलेको आप्mनै स्वर र शब्दमा घले भाषामा युगल.............


विस्तृत ...

इतिहासमै घले जातीलाई महत्वपूर्ण उपलब्धी ।

हामी घले जातिको साझा संस्था लिःल फङ (घले समाज) ले विगत लामो समयदेखि चरणवद्ध रुपले गर्दै आएको बलिदानीपूर्ण आन्दोलनले 


विस्तृत ...