|
समाचार
२०७३ साल कार्तिक २७ गतेको लिःल फङ (घले समाज) को एैतिहासिक कार्यक्रम “घले जातिको पहिचान र उत्पत्तिको बारेमा एक दिने अन्तत्र्रिmया कार्यक्रम” सफलताका साथ सम्पन्न भयो ।
यहि २०७३ साल कार्तिक २७ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) केन्द्रिय कार्यालयद्धारा आयोजना गरेको “घले जातिको पहिचान र उत्पत्तिको बारेमा एक दिने अन्तत्र्रिmया कार्यक्रम” सफलताका साथ सम्पन्न भयो । कार्यक्रममा बिभिन्न गाउँ र जिल्लाकम कार्य समितिहरुबाट १०० भन्दा बढी घले पदाधिकारीहरु र प्रतिनिधिहरुको सहभागी भएको थियो । निमन्त्रणा गरिएको तिन जना घले व्यवस्थापिका सांसदहरुमध्ये माननिय श्री लाल बहादुर घलेज्यू र माननिय श्री जमिन्द्रमान घलेज्यू आप्mना समयका पावन्दीका कारण उपस्थित हुन नसकेता पनि आजको कार्यक्रमको समर्थन गर्दै आजको कार्यक्रमको कुनै पनि निश्कर्षलाई समर्थन जनाएर सन्देश पठाउनुभएको थियो भने सरकारले २०६८ सालको राष्ट्रिय जनगणनामा घलेहरुको जनसंख्या ८८८१ जना आएको र घले भाषा बोल्ने २०९१ जना आएको तथ्यांकलाई बेवास्ता गरि हामी घले जातिलाई आदिवासी जनजातिको सूचिमा सुचिकरण नगरि ओझेलमा पारेकोले त्यसलाई आधार बनाई सडक, सदन र सर्वोच्चमा जानु परे पनि सबैभन्दा अगाडि म आपैm हुनेछु भन्दै माननिय श्री धन बहादुर घलेज्यूले कडा बक्तव्य दिनुभयो । यसै गरि घले जातिको पहिचान, पहिचानका आधार र विशेषताहरु, घले जाति आदिवासी जनजातिको सूचिमा समावेश नहँुदा विभेद र बहिष्करणको असरहरु, संस्थको लक्ष्य र उद्येश्यहरुबारे केन्द्रिय अध्यक्ष अधिवक्ता श्री दिनेश घलेज्यूले प्रकाश पार्नुभयो । क्रमैसंग, घले भाषा सम्बन्धी कन्द्रिय महासचिव श्री जित बहादुर घलेज्यूले, घले जातिको संस्कार र संस्कृति सम्बन्धी केन्द्रिय सदस्य श्री गणेश घलेज्यू, र घले समाजको सांगठनिक विस्तार र प्रचार प्रसार सम्बन्धी केन्द्रिय उपाध्यक्ष श्री दिपेन घलेज्यूले प्रकाश पार्नु भएको थियो । यसै गरि लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समन्वय समितिका सहसंयोजक रामु घलेज्यूले घले जातिले अर्कुङ किन लाउछ भन्ने विषयमा पौरानिक कथा सुनाउनु भयो । कार्यक्रमको मनोरञ्जनको क्रममा दिउसोको खानापछि राखिएको ५ मिनेटको समयलाई सदुपयोग गर्न इतिहासमै पहिलो पल्ट निस्कन लागेको घले भाषाको गीतलाई आप्mनै स्वर र शब्द भएको घले गायक श्री चन्द्र घलेज्यूले टय्राक लगाएर प्रस्तूत गर्नुभयो । कार्यक्रममा उपस्थित सहभागीहरु सबैले उत्सुक्ताकासाथ ध्यान दिएर सुन्नु भएको थियो भने कार्यक्रमको सुन्य समयमा झण्डै ७० प्रतिशत सहभागीहरुले जिज्ञासा, सल्लाह सुझाव र प्रश्नहरु मौखिक र लेखेर सोध्नु भएको थियो । समयको पावन्दीले गर्दा सबै प्रश्नहरुको जवाफ दिन असमर्थ भएता पनि त्यसलाइ नोट गरि केन्द्रिय बैठकमा राखी माइन्युट गर्ने प्रतिबद्धता गर्दै अन्तमा केन्द्रिय बरिष्ठ सल्लाहकार श्री जित बहादुर घलेज्यूले घले जातिको सुचिकरणको लागी आप्mनो पार्टी र आप्mनो पहँुचले भ्याएको नेताहरुसँग सक्दो पहल गर्ने प्रतिबद्धता जनाउदै अर्का सल्लाहकार श्री जेबि घले (सम्योगी)ले घले जाति कालान्तरदेखि नै छुट्टै जाति भएको तथ्यलाई इतिहासका लाइनहरुले पुष्टी गर्दै झण्डै साँढे आठ घण्टाको कार्यक्रम कार्यक्रमका सभापति श्री दिनेश घलेज्यूले समापन गर्नु भयो । अन्य समाचार
लिल फङ (घले समाज)को अन्लाईन वेबसाईट प्रकाशित लिल फङ (घले समाज)को अन्लाईन वेबसाईट प्रकाशित भएको छ । जसको डोमेन नाम
www.ghale.org रहेको छ । बिशेष गरि येस वेबसाईट मार्फत हामी बिगत तथा
आगामी कर्यक्रमको बिवरण सहित त्यस सम्बन्धी समाचार , फोटोहरु , भिडियोहरु
र अन्य सामाग्रीहरु प्रकाशित गर्नेछौ । साथसाथै समय अनुकुल रहेसम्म येस
अन्लाईन वेबसाईट दिन दिनै अपडेट गर्ने पनि जानकारी गराउन चाहन्छौ । बिशेष गरि येस वेबसाईट मार्फत हामी बिगत तथा आगामी कर्यक्रमको बिवरण सहित
त्यस सम्बन्धी समाचार , फोटोहरु , भिडियोहरु र अन्य सामाग्रीहरु प्रकाशित
गर्नेछौ । विस्तृत ... नेपाल सरकारलाई सुझाव - धन घले (UK)नेपाल एक बहुजातीय, बहुसांस्कृतिक तथा बहुभाषिक मुलुक हो तापनि लामो समयदेखि बसोबास गर्दै आएका आदिबासी, जनजाति भुमिपुत्रहरुमाथि सामन्ती एकात्मक शासन प्रणालीको माध्यमबाट चरम शोषण हुँदै आएको र्सवबिदितै छ । आदिबासी-जनजातिका भाषा, सँस्कृति, धर्म र आर्थिक आधारमाथि बाहुनवादीहरुको गठबन्धनमा निर्मित शाही सत्ताले दमन गर्दै आएको कारण अहिलेसम्म आइपुग्दा आदिबासी-जनजातिका भाषा, धर्म, संस्कृति र आर्थिक आधारहरु ध्वस्त हुन पुगेका छन् । विस्तृत ... लिल फङ (घले समाज) युकेको वार्षिक भेटघाट सम्पन्न फार्नबरो/बेलायतभरीका आम लिंल (घले) समुदायको पहिलो वृहत भेला २०१० सेप्टेम्बर ५ का दिन सेन्टजोन एम्वुलेन्स एक्टीभिटी सेन्टर हल फार्नबरोमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको सुरुवातमा, "न्याय नपाए गोरखा जानु, गाउँ हेर्न नपाए बारपाक जानु" भन्ने उखानलाई सम्झी वीरहरुको पनि वीर गोरखा बारपाकमा घले राजाको सन्तान भीसी गजे घले आफ्नो वीरगति तक्मा बेलायती महारानीको मातहतबाट ग्रहण गर्दै गरेको फोटोमा जेष्ठ सदस्य दुतराम घलेबाट पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उदघाटन गर्नुभयो । फोटोहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् विस्तृत ... राष्ट्रिय जनगणना २०६८ अपिल नेपाल सरकारद्वारा गर्न लागियेको एघारौ राष्ट्रिय जनगणना २०६८ लाई मध्यनजर गरि लि:ल फङ (घले समाज)द्वारा सम्पुर्ण नेपाल अधिराज्य भरि छरियेर रहनु भएका घलेहरुमा एक अपिल जारी गरिएको छ । क्रिपया येस अपिल लाई ध्यानपुर्वक पढेर तपाईंको घर दैलोमा आउनु हुने राष्ट्रिय जनगणनाको टोलीलाई सोही अनुरुप जवाफ दिनुहोला र घले को पहिचान स्थापित गराउनको लागि सहयोग पुर्याउनुहोला । विस्तृत ... हिउँले किचिएको बार्पाक! दुईतीन वर्ष अगाडि 'राष्ट्रिय भाषाहरू संरक्षण संस्था' नाम भएको संस्थाका प्रमुख एस के खालिङले मलाई घले भाषाको वर्ण निर्धारण गर्न बार्पाक जाने निम्तो दिए । म उनको साथ लागेँ । जाडो महिनै थियो । ![]() विस्तृत ... लम्जुङ्ग भोटे ओडारमा घले समाज गठन । १९ पौष २०७१, “घले संरक्षण कोष परिवार” भोटे ओडार लम्जुङ्ग संस्था द्घारा ‘सम्पूर्ण घलेहरु एक होऔ, आफ्नो भाषा र संस्कृति जोगाऔं ।’ भन्ने नारा सहित आयोजना गरिएको परिचयात्मक विस्तृत ... सम्पुर्ण घले जातिहरुको लागी खुशीको खबर, मिति २०६५ साल चैत्र ५ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम डा. ओम गुरुङ्गको संयाजकत्वमा गठन भएको आदिवासी÷जनजाति सूची परिमार्जन उच्चस्तरिय कार्यदलले २५ वटा आदिवासी जाति, सूचीमा समावेश विस्तृत ... घले समुदायले आफ्नो नयाँ बर्ष भव्यताकासाथ मनाए । प्रत्येक साल माघ १ गतेका दिन घले आदिवासी जनजातिका समुदायले साँस्कृतिक पर्वको रुपमा मनाउदै आएका (लिः ल ल्होसर नयाँ बर्ष त ल्हो लाई बिदाई गर्दै लुक ल्हो (भेडा बर्ग) को....................... विस्तृत ... लिःल फङ (घले समाज) द्धारा आयोजित मानव अधिकारमुखि प्रशिक्षण कार्यक्रम सम्पन्न २०७१ साल माघ २४ गते शनिबारको दिन “लिःल फङको अभियान, घले जातिको स्वाभिमान“ को नारा सहित लिःल फङ (घले समाज) केन्द्रिय समितिद्धारा.................. विस्तृत ... लिःल फङ् (घले समाज) को संयुक्त बैठक अन्तरत्रृmया कार्यक्रम् । २०७३ साल कार्तिक २७ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) को केन्द्रिय कार्य समितिका पदाधिकारीहरु साथै हरेक जिल्ला र गाउँ कार्य समितिका पदाधिकारीहरुबीच संयुक्त बैठक अन्तरक्रिया कार्यक्रम हुन गई रहेकोछ । कार्यक्रमको उद्येश्य जातिलाई आदिवासी जनजातिको विस्तृत ... घले जातिको इतिहासमै पहिलो पल्ट घले भाषामा गीत र भिजुअल छिट्टै तपाँई हामी सामु आउँदै ।। बारपाक निवासी साथै लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समिति सदस्य चन्द्र घलेको आप्mनै स्वर र शब्दमा घले भाषामा युगल............. विस्तृत ... इतिहासमै घले जातीलाई महत्वपूर्ण उपलब्धी । हामी घले जातिको साझा संस्था लिःल फङ (घले समाज) ले विगत लामो समयदेखि चरणवद्ध रुपले गर्दै आएको बलिदानीपूर्ण आन्दोलनले विस्तृत ... |