|
बिगत कार्यक्रमहरु
लिल फंग (घले समाज) ह्यो ल्होसर (बिरालो वर्ग) कार्यक्रम २०६७ हामी घले जाति यो देशको विशिष्ट एवं पृथक पहिचान भएको आदिवासी भूमिसन्तान हौं । हाम्रो छुट्टै भाषा, संस्कृति, सामाजिक संरचना, इतिहास, पुख्यौली थातथलो (Ancestral Land) र छुट्टै प्रथा एवं प्रथाजनित कानून अहिलेसम्म स्थापित रहेको छ । नेपालमा वहुदलीय व्यवस्थाको स्थापना र गणतन्त्रको संस्थागत विकासपछि पनि हामी घले जाति आफ्नो देशमा पहिचानविहिन नै छौं । हामी घले जातिको पृथक एवं विशिष्ट पहिचान नहुँदा राज्यको हरेक तहमा बिभेद, अन्याय, अत्याचार र बहिष्करणमा पारी हाम्रो मानवअधिकार तथा आधारभूत स्वतन्त्रताको गम्भिर उल्लघंन भइरहेको छ तापनि हाम्रो परम्परागत मूल्य र मान्यतहरुलाई आजसम्म स्थापित नै कायम गरिआएका छौ । हामी लिल (घले) जातिको महानपर्व ल्हो सर -नयाँ वर्ष अर्थात हाम्रा पूर्वजहरुलाई स्मरण गरी मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने शुभदिन प्रत्येक वर्ष माघ १ गते पर्ने भएको हुनाले उक्त शुभअवसरमा स्वदेश तथा विदेशमा रहेका हाम्रा कुलकुटुम्ब, दाजूभाई, दिदीबहिनी, इष्टमित्र, नातागोताहरु बीच एकापसमा शुभकामना आदानप्रदान गरी घले जातिको ल्हो सरलाई भव्यताकासाथ सम्पन्न गरिने कार्यक्रम सम्माननीय सभामुखज्यूबाट समुद्घघाटन गरिने हुनाले हामी घले जातिको महान पर्व ल्हो सर -नयाँ वर्षको कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौ । मिति -२०६७ साल माघ १ गते शनिवार कार्यकम स्थान - शंकपार्क, चक्रपथ, काठमाडौं समय - ....................... बजे आयोजक लिल फङ् - (घले समाज) ल्हो सर मूल आयोजक समिति काठमाडौं नेपाल अन्य बिगत कार्यक्रमहरु
प्रधानमन्त्रीलाई ज्ञापन पत्र अरु आदिबासी जनजातीहरु जस्तै हामी घले जातिको पनि छुट्टै हक अधिकार र पहिचान सहित विस्तृत ... Lila Phang (Ghale Samaj) UK Lhosar PartyOur representing committee’s telephone discussion has decided to hold a Ghale Lhosar ( the year of cat) Celebration party on Saturday, 15 January 2011 (1 Magh, 2067 BS), at the Abbey Community Hall, Queensbury Road, Alperton, Wembley HA0 1NL (near Sainsbury) from 1300 to 2200 hours. विस्तृत ... ४ विभिन्न गाउँ, र जिल्लामा लिःल फङ (घले समाज) कार्य समिति गठन।। लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाण्डौको केन्द्रिय अध्यक्ष श्री दिनेश घलेज्युको नेतृत्वमा के. महासचिव श्री जित बहादुर घले, सचिव श्री मिन बहादुर घले, के. सदस्य सुश्री जगमाया घले, र के. सदस्य सुश्री शारदा घले समेत जम्मा ५ विस्तृत ... भव्यताका साथ मनाइयो २०७३ साल बैशाष २६ गतेको छैठौं बृहत घले बनभोज तथा सम्मान कार्यक्रम । २०७३ साल बैशाष २६ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) केन्द्रिय कार्यालयद्धारा बालाजू बाइस धारा स्पट नं. २ मा आयोजित छैठौं विस्तृत ... |